Section 48
किरिया बिदा
: (१) पति वा पत्नीको मृत्यु भई वा आफ्नो कूल धर्म अनुसार श्रमिक आफैले किरिया बस्नु पर्ने भएमा वा विवाहिता महिला श्रमिकले आफ्नो मातापिता वा सासू ससुराको मृत्यु भई किरिया बस्नु पर्ने भएमा तेह्र दिन किरिया बिदा पाउनेछ ।
(२) उपदफा (१) बमोजिमको किरिया बिदामा बस्ने श्रमिकले पूरा पारिश्रमिक पाउनेछ ।